काठमाडौँ । राम लामा अविनाशीको पुस्तक स्मृतिका बिम्बहरू विमोचन भएको छ ।
सोमवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक स्मृतिका बिम्बहरू विमोचन गरिएको हो ।
सुरभी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकारहरूको उपस्थिति रहेको थियो । पुस्तकमा जीवनमा आफूले विभिन्न कालखण्डमा र विभिन्न देशहरूमा नेपालीहरूले भोगेका कथाहरूलाई उतारिएको छ ।
कार्यक्रममा उपस्थित साहित्यकार, समालोचकहरूले स्मृतिका बिम्ब आत्म स्थापना खोज्नका लागि लेखिएको साहित्य भएको बताए । कार्यक्रममा सहभागी साहित्यकारहरूले राम लामाको संस्करणमा घटना कम र भावना बढी रहेको बताए ।
उनीहरुले पुस्तकमा थोरै कुरा भएपनि महत्व धेरै रहेको बताए । पुस्तकमा विदेशमा नेपालीहरूले पाएको दुःखका बारेमा पनि यथार्थ प्रस्तुत गरिएको बताए ।