शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिक

काठमाडौं – साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईलगायतले शारदाको नयाँ अंक सार्वजनिक गरे ।
कार्यक्रममा शारदाका सम्पादक विमल भौकाजीले हस्तलिपि गीत संग्रहको विशेष अंक ल्याउनु पर्ने औचित्यबारे प्रकाश पारे ।

 

तस्बिरहरु