भवानी खतिवडाको पद्य नियात्रा कृति ‘चारखोलाको आँगनीमा’ सार्वजनिक

काठमाडौँ, १ चैत२०७९। कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
वि।सं। २०७६ सालमा कोकगोष्ठीले कवि सोमनाथ सिग्द्यालको स्मृतिमा इलाममा आयोजना गरेको विशेष गोष्ठीका लागि लेखिकाले अन्य कविहरूका साथमा गरेको इलाम यात्रामा केन्द्रित उक्त कृतिलाई कोकगोष्ठीले प्रकाशित गरेको हो । पुस्तकलाई कार्यक्रममा अध्यक्ष शङ्करराज पन्त, प्रमुख अतिथि प्रा। डा। माधवप्रसाद पोखरेल, तथा साहित्यकारहरू प्रतीक ढकाल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, महेश पौड्याल तथा कवि भवानी खतिवडा स्वयंले सार्वजनिक गरेका थिए ।
कृतिमाथि आफ्नो मन्तव्य राख्दै कवि प्रभा भट्टराई आफू भवानीको काव्यकारिताबाट असाध्यै प्रभावित भएको बताइन् । उनले यस कृतिमा चित्रित इलामको वर्णन सुललित र सूक्तिमय भएको बताइन् ।
समालोचक महेश पौड्यालले ‘पद्य–नियात्रा’ भनेर गरिएको यस कृतिको निरूपण सटीक र सैद्धान्तिक दृष्टिले तर्कसङ्गत रहेको बताए ।
अर्का वक्ता साहित्यकार प्रतीक ढकालले भवानीमा कवित्व र साहस प्रचूर मात्रामा रहेकोले उनको साहित्यिक क्षमता नियात्रा र कविता दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिएको जिकिर गरे ।
साहित्यकार भुनवहरि सिग्देलले भवानीमा देखिएको छन्दको ज्ञान, शब्दसामथ्र्य र सूक्तिमयता असामान्य भएको बताए ।
छन्दसारथि रमेश खकुरेलले कवि भवानी प्रतिभा र ऊर्जाको पूञ्ज भएको भन्दै उनीबाट नेपाली साहित्यले अझै धेरै अपेक्षा राखेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. माधवप्रसाद पोखरेलले अविधात्मक वर्णनको तहबाट ध्वनि, वक्रता र रसको उदात्त तहमा उठेको भवानीको काव्यकारिता विशिष्ट र प्रतिभासम्पन्न भएको मूल्याङ्कन गरे ।
कवि भवानीले भने आफू अग्रजहरूको सानिध्यमा अगाडि बढिरहने र निकट भविष्यमा शे९फोक्सुण्डो यात्रा तथा सगरमाथाको बेसक्याम्पको यात्रामा आधारित नियात्राकृतिहरू पनि प्रकाशित गर्ने खुलासा गरिन् ।
विमोचन कार्यक्रममा गायिका लोचन भट्टराई, कविहरू दिनेश पाण्डे, खोलाघरे साहिँलो, नारायण पोख्रेल, रञ्जु दाहाल, सबिता बराल तथा विपिन पाठकले विमोचित कृतिका केही अंश पनि वाचन गरेर सुनाए ।
कृतिलाई पेज टर्नर प्रालिले वितरण गर्ने बताइएको छ । नियात्रा–सङ्ग्रह ‘घामभन्दा पहिले’ पछि आएको यो कृतिकार खतिवडाको दोस्रो कृति हो ।

 

Comments are closed.