साहित्यकार भीष्म उप्रेतीको निबन्धसंग्रह ‘जब हामी कुरा गर्छौँ’ सार्वजनिक

साहित्यकार भीष्म उप्रेतीकृत निबन्धसंग्रह ‘जब हामी कुरा गर्छौँ’ सार्वजनिक गरिएको छ। एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको निबन्धसंग्रह
शिखा बुक्स,बागबजार काठमाडौंको आयोजनामा नेशनल कलेज, धुम्बाराहीमा भएको कार्यक्रममा गरिएको थियो,
शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व तथा वरिष्ठ कवि मञ्जुलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि,सभाध्यक्ष,समीक्षकद्वय डा.ज्ञानु पाण्डे र विधान आचार्य तथा लेखक उप्रेतीबाट सामूहिक रूपमा सार्वजनिक गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्जुलले भीष्म उप्रेती कविता लेख्नैका लागि जन्मेको हो भन्दै उनका कविता हरू बेजोड हुने गरेको बताए।
समीक्षक डा.ज्ञानु पाण्डेले समीक्षात्मक टिप्पणी गर्दै नेपाली साहित्यकारहरू घरभित्र मात्र चिनिएर हुँदैन बाहिर पनि चिनिनु पर्छ र त्यसका लागि साहित्य पनि सोही स्तरमा लेखिनु पर्ने कुरा बताइन्। समीक्षक विधान आचार्यले निबन्ध सङ्ग्रहभित्र रहेका १८ वटा निबन्धहरूको बूँदागत रूपमा चिरफार गर्दै ती निबन्धहरूमध्ये कुनै निबन्ध आध्यात्मिक, कुनै निबन्ध नियात्रात्मक, कुनै निबन्ध निजात्मक र कुनै निबन्ध उपदेशात्मक रहेको बताए।
कार्यक्रममा लेखक भीष्म उप्रेतीले आफ्नो लेखकीय मन्तव्य राख्दै लेखक आफूले लेखेको शब्दप्रति जवाफदेही हुनु पर्छ त्यस मामिलामा आफू सचेत रहेको कुरा बताए। निबन्धले बौद्धिक बहस गर्नु पर्छ भन्दै उनले आफ्नो कलमले एक किसिमको प्रभाव उत्पन्न हुन सक्यो भन्ने लाग्छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएका थिए।
भीष्म उप्रेतीको यो कृति प्रकाशक शिखा बुक्स रहेको छ।
कार्यक्रममा शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने लेखक भीष्म उप्रेतीले धन्यवाद ज्ञापन गरेका थिए।