Trending Now

हिरण्य भोजपुरेको ’मुसुक्क म’ लघुकथासंग्रह पाठकहरू माझ

काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरू माझ आइपुगेका छन् । पब्लिकेशन नेपालले भोजपुरेको पुस्तक ‘मुसुक्क म’ प्रकाशित गरेको हो ।
एक सय ८ वटा लघुकथाहरूको यो संग्रहका अधिकांश कथाहरू एउटा पानामै सकिएका छन् । अझ कतिपय त एक दुइ अनुच्छेदमै अभिब्यक्त भएका यी कथाहरूको सिंगो संग्रह एक बसाइँमै पढिसकिने हिसाबले तयार भएको नेपालयको भनाइ छ । डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रूपैयाँ मूल्य राखिएको छ ।
नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरूका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो । साढे पाँच दसकअघि नेपालमा केहि तन्नेरीहरू मिलेर साँगीतिक समूह ‘लेकाली’ जन्माएका थिए । त्यसमा विशेषगरि भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिती थियो ।
भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ । उनीहरूले विशेषगरि लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए ।
भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरूभएको थियो ।

 

Comments are closed.