Trending Now

विवश पोखरेलको कविताकृति ‘जीवनलाई देख्नु भो ?’ विमोचन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा इन्द्र–मोहन स्मृति गुठीद्वारा आयोजित एक समारोहका बिच कवि विवश पोखरेलको कविताकृति जीवनलाई देख्नु भो ? को लोकार्पण भयो ।

कृतिको लोकार्पण प्रमुख अथिति वरिष्ठ कवि वैरागी काइँला, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठ, गायक दीपक खरेल, पत्रकार मोहन भण्डारी र कवि डा. राजेन्द्रप्रसाद अधिकारी लगायतलेले संयुक्त रूपमा गर्नुभएको थियो ।

प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काइँलाले पोखरेलको कविताहरूको चर्चा गर्दै कविताका क्षेत्रमा एउटा राम्रो पुस्तक आएको बताउनुभयो । प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लोकार्पित कृतिका कवितामा मानवीय संवेदनालाई ययार्थसँग जोड्ने कला बेजोड भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘सरल भाषामा गहन भाव प्रस्तुत गर्ने कविताका नमुना हेर्न विवश पोखरलेलका कविता हेरे हुन्छ ।’

लोकार्पित कृतिबाट पोखरेलका एउटा एउटा कविता कविहरू यादव भट्टराई, कल्पना काफ्ले, पार्वती भट्ट र लक्ष्मी पोखरेलले वाचन गरेका थिए।

जीवनलाई देख्नुभो कृतिमा विविध विषयका उनन्चास वटा कविता सङ्ग्रहित छन् । पोखरेलका यसअघि काव्य विधाका दुई कृति प्रकाशित भइसकेका छन् ।

गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कवि गोकुल पोखरेलले गर्नुभएको थियो ।

Comments are closed.