Trending Now

जीवनका अनुभूति” दोस्रो सस्करणको लोकार्पण सम्पन्न

साहित्यिक पत्रकार संघ(Literary Journslist Association) ले सर्जक बिना पोखरेलको आत्मकथाकृति “जीवनका अनुभूति” दोस्रो सस्करणको आज २०७९ असोज ७ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा लोकार्पण समारोहको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, अध्यक्षतामा आयोजित सो समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सो कृतिको लोकार्पण गरेका हुन । समारोहमा वरिष्ठ साहित्यकार प्रमोद प्रधान र समालोचक डा. शान्तिमाया गिरीले लोकार्पित आत्मकथाकृति “जीवनका अनुभूति” आआफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, लेखक बिना पोखरेल, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, गुन्जनकी पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल उद्योग वाणिज्य महासंका पूर्व अध्यक्ष चण्डी ढकाललगायतले आआफ्नो मतव्य राखेका थिए । कार्यक्रममा लेखक बिना पोखरेललाई माला, दोसल्ला र मायाको चिनोसहित अध्यक्ष लेकालीले सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा अध्यक्ष लेकालीले प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रमुख समीक्षकहरु वरिष्ठ साहित्यकार प्रमोद प्रधान र समालोचक डा. शान्तिमाया गिरीलाई पनि मायाको चिनो प्रदान गरेका थिए । साहित्यकार श्रीबाबु कार्कीले संचालन गरेको सो कार्यक्रममा वरिष्ठ निबन्धकार युवराज नयाँघरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गार्गी शर्मा, लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, साहित्यकारहरु पवन आलोक, प्रा. डा. गोविन्दमान सिह, विमल भौकाजी, धुर्व मधिकर्मी, रविन्द्र आशिष साइलो, निर्मलरमण पराजुली, नवराज सुवेदी मून, रमेश दाहाल, शिव अधिकारी, दिव्य गिरी, मुरारि सिग्देल, सुदर्शन श्रेष्ठ, रुद्र अधिकारी, तारा के. सी., रत्नलक्ष्मी श्रेष्ठ, किशोर श्रेष्ठ, भानु प्रकाश जोशी, नीरु श्रेष्ठ, राजबाबु श्रेष्ठ, मनिला वन्त, ज्ञान्दरी कैनी, नीता श्रेष्ठ, पारु तिमिल्सिना, नायिका दीपिका प्रसाई, पहिलो महिला निर्देशक तथा चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष एवं फिट्कोकी अध्यक्ष सुचित्रा श्रेष्ठ, कल्पतरु द्वैमासिकका प्रधान सम्पादक तथा, नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष नवराज पुडासैनी ज्योत्सना, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, संसाकका सम्पादक उमेश पाण्डे, उषा के.सी., डी. आर., रेणु अधिकारी मौनता, बलराम थापालगायतको उपस्थिति रहेको थियो ।

Comments are closed.