Trending Now

दिलकुमारीको फोक्सोमा देश सार्वजनिक

काठमाडौँ ।कवि दिलकुमारी डङ्गोलद्वारा लिखित नवीनतम कविताहरुको सँगालो ‘फोक्सोमा देश’ सार्वजनिक गरिएको छ ।

बुधबार १ सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर जमलस्थित राष्ट्रिय साँस्कृतिक संस्थान नाचघर मा एक समारोहमाझ उक्त कृति सार्वजनिक गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव जगत् उपाध्यायको प्रमुख आतिथ्यमा साहित्यकार प्रतिसरा सायमी, कवि तथा उप–प्राध्यापकद्वय डा= गीता त्रिपाठी र डा. हरिप्रसाद सिलवाल, कवि नरेश शाक्य, प्रकाशक एवं कवि वैरागी जेठा र स्वयं कृतिकार दिलकुमारीले उक्त कृति लोकार्पण गरेका हुन् ।

कृतिमाथि कवि, समीक्षक एवं उप–प्राध्यापक गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गरिन् । यस्तै प्रमुख अतिथि उपाध्यायले पनि शुभकामना दिदै कृतिमाथि आफ्ना धारणा राखेका थिए ।

अन्य अतिथिहरुले पनि आ–आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए । समारोहमा कवि समा श्रीले स्वागत मन्तव्य राखिन् । साथै उनले कृतिभित्रैबाट ‘फोक्सोको देश’ शीर्षकको कविता वाचन गरिन् । अर्का कवि वसन्तले ‘आमा’ शीर्षक कविता वाचन गरेका थिए ।

कवि दिलकुमारी डङ्गोलले आफ्नो जीवन संघर्ष तथा लेखन यात्राबारे जानकारी दिँदै आफ्ना विचार राखेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि, भूमिका लेखक, समालोचक, सम्पादक, आवरण चित्रकार, प्रकाशक, कार्यक्रम सञ्चालकलाई सम्झनाको चिनो समेत सभापतिको हातबाट अर्पण गरियो ।

कार्यक्रम सञ्चालन कवि रामगोपाल आशुतोषले गरेका थिए भने आकृति प्रकृति प्रकाशनका सञ्चालक वैरागी जेठाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments are closed.