Trending Now

साहित्यकार दिव्य गिरीकाे लघुकथासंग्रह “पुत्लादहन” लाेकार्पण

काठमाण्डाै,
साहित्यकार दिव्य गिरीकाे नविन कृति “पुत्लादहन” लघुकथासंग्रह  पाैष ६ गते काठमाण्डाै मीनभवन स्थित थाहा पुस्तकालयकाे सभाकक्षमा एक समाराेहका बीच लाेकार्पण कार्यक्रम सम्पन्न भयाे ।
साहित्यिक पत्रकार संघकाे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि  वरिष्ठ समालाेचक प्रा.डा. लक्ष्मणप्रसाद गाैतमले लघुकथाका बारे बिवेचनात्मक मन्तव्य दिनु हुँदै ” लघुकथाकाे भीडमा पृथक उपस्थिति देखाउन सफल साहित्यकार दिव्य गिरीले  आफ्नो पहिचानलाई कायम गर्दै परिवर्तित समयकाे प्रवाहसंगै आफूलाई ढाल्दै लघुकथामा नयाँपन ल्याउन सुझ्याउनुभयाे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीकाे सभाध्यक्षतामा सम्पन्न साे कार्यक्रममा लाेकार्पित पुस्तक माथि सुक्ष्म ढङ्गले टिप्पणी गर्नुहुँदै विशेष अतिथि प्रा.डा.सावित्री मल्ल कक्षपतिले ” साहित्य लेखनमा देशकाे संविधान प्रदत्त हक,अधिकार,समानतालगायतका बिषय समेटिएका साहित्य उत्कृष्ठ हुने ” बताउनु हुँदै साहित्यकारकाे हिसावले स्रष्टा गिरी सेलिब्रेटि भएकाे र उहाँकाे साहित्यमा यी सबै विषय समेटिएकाे मन्तव्य व्यक्त गर्नुभयाे ।
दामाेदर पुडासैनिकाे स्वागत मन्तव्य र श्री बाबु कार्की उदासकाे प्रस्तुतिकरण रहेकाे उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमाेद प्रधानले समिक्षात्मक मन्तव्य र अन्य अतिथिहरू प्रा.डा.नारायण गर्ताैला, युवराज मैनालीलगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे भने लेखक दिव्य गिरीले लाेकार्पित पुस्तक भित्रबाट २ वटा लघुकथाहरू” नाक र पुत्लादहन ” वाचन गर्नुभएकाे थियाे ।
गिरीवर प्रकाशन ललितपुरबाट प्रकाशित उक्त लघुकथासंग्रहमा जम्मा १११ वटा लघुकथाहरू संग्रहित छन् भने पुस्तकमा श्रीअाेम श्रेष्ठ “राेदन”, डा. पुष्करराज भट्ट, प्रा. माेहनराज शर्मा, युवराज मैनालीलगायतका भूमिका समेटिएका छन् ।
साहित्यकार गिरीका यस अघि “कङ्काल बस्ती (मुक्तकसंग्रह), सागर लहर किनार (गजलसंग्रह), धुनी तापेर (हाइकुसंग्रह), अनामिका (कथासंग्रह), स्वप्निल शिविर (मुक्तकसंग्रह), हराएका इलाकाहरू (कवितासंग्रह), भेडीगाेठ , भेडाे (लघुकथासंग्रह), स्वर्गीय पत्नीकाे संस्मरणमा लेखिएकाे सम्झनामा शकुन्तला ( संस्मरणसंग्रह) र अंग्रेजी तथा नेपाली दुबै भाषामा The Jubiliant play शीर्षककाे हाइकुसंग्रह गरी १० वटा कृति प्रकाशित भईसकेका छन् ।

Comments are closed.