डा.दिव्यलक्ष्मी वज्राचार्यको आत्मकथा ‘माटो मैयाँ’ सार्वजनिक 

काठमाडौँ, माघ । वैज्ञानिक तथा माटो विज्ञ डा.दिव्यलक्ष्मी वज्राचार्यको आत्मकथा माटो मैयाँ सार्वजनिक

माटो वैज्ञानिक डाक्टर सुश्री डा. दिव्यलक्ष्मी वज्राचार्यको जीवनी ‘माटो मैयाँ’ सार्वजनिक भएको छ। माटो विभाग प्रमुख नार्कका डाक्टर श्रीप्रसाद विष्टले माटो वैज्ञानिक डाक्टर वज्राचार्यको पुस्तक ‘माटो मैयाँ’को लोकार्पण गर्नुभएको हो। उहाँले जन्मेदेखि मृत्य नहुन्जेलसम्म माटोसँगै मानिसको दैनिकी जोडिने र यसको महत्वलाई अझै पुस्तकबाट उजागर गर्ने अवसर मिलेको बताउनुभयो।

घोस्ट राइटिङ नेपालका संस्थापक कमल ढकालले माटो पृथ्वीमा र हामीसँग पनि छ भन्दै  माटोमै जीवन छ र मृत्यु पनि रहेको बताउनुभयो। उहाँले हरेक मान्छे नलेखिएको पुस्तक हो भन्दै घोस्ट राइटिङलाई माटोसम्बन्धी विज्ञता हासिल गर्नुभएकी डा. वज्राचार्यको पुस्तक प्रकाशन गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो।