Trending Now

‘बेसिक प्रिन्सिपल अफ लिभिङ् हन्डरेड’ पुस्तक सार्वजनिक

काठमाडौँ, विश्वका विभिन्न ठाउँमा एक सय वर्ष बाँचेका मानिस, तिनको खानपिन, रहनसहन, जीवनशैलीलाई पुस्तकमा सविस्तार चर्चा गरिएको पुस्तक बेसिक प्रिन्सिपल अफ लिभिङ्  हन्डरेड’  सार्वजनिक गरिएको छ | पुस्तक युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लेखिएको हो ।

विभिन्न उपचार पद्धतिलाई समेत सरल तरिकाले बुझाइएको  उक्त पुस्तकमा चर्चित कलाकारलाई रोग लाग्दाको अति नै उपयोगी जानकारीमूलक कुरा पुस्तकमा समेटिएको छ ।

आजको समयमा किन यति धेरै मानिस रोगी हुँदै गएका छन् र त्यसका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा पुस्तकमा उल्लेख छ । यो पुस्तक पढेपछि मानिसमा स्वास्थ्यप्रति सचेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने डा. पण्डितले बताउनुभयो ।

हाम्रा हजुरबुबा, हजुरआमा पुस्ताका मानिस एक सय वर्षबिना कुनै औषधि बाँच्थे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकौँ स्वास्थ्य सेवाका विकल्प हुँदा पनि किन हाम्रो पुस्तालाई ६०–७० वर्षसम्म बाँच्न समस्या भइरहेको छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ । शिखा बुक्सले सो पुस्तक प्रकाशनमा ल्याएको हो ।

Comments are closed.