Trending Now

कवि दुर्गा ढकालको कविता कृति’अक्षरको परकम्पन लोकार्पण

काठमाडौं, राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक समारोहका बीच बेलायत निवासी कवि दुर्गा ढकालको कविता कृति ‘अक्षरको परकम्पन’ सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि तथा साहित्यकार सुमन वर्षाले कृतिभित्रको कविता वाचन गरेर स्वागत गर्नुभएको थियो । लोकार्पित कृतिमाथि प्र।डा। रमेश भट्टराई र डा. शान्ति माया गिरीले समीक्षात्मक टिप्पणी राख्नु भएको थियो ।
कवि दुर्गा ढकालकी छोरी नेहा ढकालले ‘अक्षर देवता’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रा. डा. सुरेन्द्र के.सी. तथा साहित्यकार युवराज नयाँघरेले शुभकामना मन्तव्य राख्दै कृतिकारको लेखन समय सापेक्ष रहेको र आगामी कृति अझ सशक्त बनेर आओस् भन्ने धारणा राख्नु भएको थियो ।
प्रमुख अतिथि उप्रेतीले दुर्गा ढकालको कृति लय चेतना, लोक संस्कृति र जीवन जगतका भएकाले कृति सफलताको शुभकामना दिँदै विदेशमा रहेर पनि नेपाली भाषा तथा साहित्य प्रतिको रुचि रहनु देश प्रतिको माया हो भन्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे सभापतित्वमा भएको थियो ।

Comments are closed.