हरि गौतमको ‘कठैबरा काठमाडौँ ’ प्रकाशन

साहित्यकार हरि गौतमको निबन्धसङ्ग्रह ‘कठैबरा काठमाडौँ !’ प्रकाशनमा आएको छ । राष्ट्रिय भावात्मक चैतन्यलाई राम्ररी प्रतिनिधित्व गरेको यस सङ्ग्रहमा तीन सय ६८ पृष्ठमा रहेका छन् भने उक्त निबन्धसङ्ग्रहमा ‘खण्ड क’ र ‘खण्ड ख’ गरी २ भाग छन् ।

यस निबन्धसङ्ग्रहमा १९ वटा खोजमूलक निबन्धहरू रहेका छन् । निबन्धमा गौतमले वस्तुगत प्रबन्धदेखि इतिहास, दर्शन, संकृति हुँदै संस्मरणका विभिन्न शृङ्खला उनेर तयार बनाएका छन् ।

हरि गौतम ताप्लेजुङमा जन्मिएका हुन् । समाज विज्ञान र संस्कृतिका बारेमा विशेष अभिरुचि रख्ने राख्ने गौतमका यसभन्दा अघि झापा दिग्दर्शन (२०६७), पण्डित हर्राबोटे स्मृति ग्रन्थ (सम्पादन २०६९) नेपाली क्रान्ति र गणेशमानसिंह, लेखन (२०७६) अन्तर्राष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रिक आन्दोलन (सम्पादन २०७६), जनजागृति र निरमान नेवा (सम्पादन २०७६), कठैबरा काठमाडौंँ (लेखन २०८०) र ताप्लेजुङ विमर्श (२०८०) प्रकाशित रहेका छन् ।