काठमाडौं, मण्डला थिएटरमा ‘कन्सेप्ट नेपाल’ द्वारा आयोजित विश्व मजदुर दिवसका दिन आयोजना गरिएको एक कार्यक्रममा पोखेरेली कवि इन्द्र राना ‘प्रतीक को ‘ भुइँमान्छेका कविता’ संग्रह लोकार्पण गरिएको छ साथै कार्यक्रममा उनले एक दर्जन कविता स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए । ुभुइँमान्छेका कविता’ कृति प्रमुख अतिथि साहित्यकार माया ठकुरी, कवि तीर्थ श्रेष्ठ, प्रकाशन संस्थाका पवन शाक्य र कृतिकार प्रतीकले संयुक्त रुपमा लोकापर्ण गरेका थिए।
जीवनमै पहिलो पटक काठमाडौं आएका पोखेरेली ‘प्रतीक’ले आफ्ना प्रभावशाली कविता सुनाएर साहित्यप्रेमीको मन जितेका छन्।
खचाखच दर्शकमाझ ‘इक्कु इक्कु भन्छन् मलाई’ कविताबाट वाचन सुरु गरेका उनले क्रमशः कालै हुन्छन् छायाँहरू, मलाई बुझ्न मन लाग्यो, काल आएसि, बाँदरहरू, तिमी फूल हौ, अहिंसा प्रेमको जरा हुनुपथ्र्यो, सिकारी जुकाहरू, इन्जिनियहरू र इन्द्रेणी पोखिएको धर्तिको गीत शीर्षक कविता सुनाए।
प्रतीकलाई कन्सेप्ट नेपालले ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो। साहित्यकार ठकुरीले सम्मानपत्र र नगद हस्तान्तरण गरेकी थिइन्।
विगत तीन दशकदेखि कविता, कथा र गजल लेखन मार्फत नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएस्वरुप सम्मान गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले बताए।
प्रतीकको कविताकृतिको टिप्पणी गर्दै कवि अभय श्रेष्ठले भने, ‘हामीसँग दुई आँखा छन् जसले हामी भौतिक संसारलाई नियाल्छौँ। कवि हुन ती दुई आँखाभन्दा पनि हृदयका आँखा खुल्नु जरुरी छ। हृदयका आँखा बन्द भए हाम्रा भौतिक आँखा अपूर्ण हुन्छन्। प्रतीकका कविता हृदयका आँखा खोलेर लेखिएका अन्तर्दृष्टियुक्त अभिव्यक्ति हुन्।’
अर्का साहित्यकार श्रेष्ठले प्रतीकसँगको सम्बन्ध बारे प्रकाश पारेका थिए भने प्रमुख अतिथि ठकुरीले आशीर्वचन प्रदान गरेकी थिइन्।
त्यस अबसरमा प्रकाशक शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरि वर्सेनी एउटा किताब प्रकाशन गर्दै जाने घोषणा गरे। यस सिलसिलामा भुइँमान्छेको कविता पहिलो कृति हो।
दिनभरि मजदुरी गरेपछि साँझ डेरामा बसेर साहित्य सृजना गर्दै आएका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंग रोगन गरे।
पुख्र्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन्। ।
उनी ६० वर्षको उमेरमा जीवनमै पहिलो पटक आइतबार काठमाडौं आइपुगेका हुन्। पहिलो पटक हवाई जहाज चढेर छोरा र छोरीसहित काठमाडौं उत्रे लगत्तै उनीहरुलाई कार्यक्रम संयोजक भादगाउँलेले पशुपतिनाथ, बौद्धनाथ, काठमाडौं दरबार क्षेत्र र ठमेल घुमाएका थिए ।
प्रतीकको उक्त कवितासंग्रह बुक्स हिमालयले प्रकाशन गरेको हो ।
Trending Now
- US, Taiwan sign trade deal aims to strengthen economic ties
- Royal Enfield commences operation of assembly unit in Nepal
- Meteorologist of UAE Dr Abdulla Al Mandous, has been elected as the new President of the World Meteorological Organization (WMO) for a four-year term
- Russian films, series, and animation will be presented in Vietnam
- Nepal PM Pushpa Kamal Dahal ‘Prachanda’ arrives at the Mahakal Temple in Ujjain, Madhya Pradesh
- नेपाली पत्रकारहरूसँग प्रचण्डले अन्तरक्रियामा गर्दै
- प्रमाणपत्र वितरण समारोहमा लडे राष्ट्रपति बाइडेन
- नागरिकता विधेयक राजपत्रमा प्रकाशित, के-के समेटिएको छ ? (पूर्णपाठ)
- अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द
- आज महाकालेश्वरको दर्शन गर्दै प्रचण्ड!
Comments are closed.