जुमनकिरणको गजलसङ्ग्रह ‘मौन आवाज’ लोकार्पण

महालक्ष्मी साहित्य समाज ललितपुरको आयोजनामा, अध्यक्ष श्रीराम पौडेलको सभापतित्वमा जुमनकिरणको गजलसङ्ग्रह ‘मौन आवाज’ लोकार्पण गरिएको छ।
गीतकार तथा गजलकार प्राध्यापक डा.कृष्णहरि बराल कवि शैलेन्द्र साकार, साहित्यकार कलानिधि दाहाल तथा कवि बुद्धिमान महर्जनले संयुक्त लोकार्पण गर्नुका साथै गजलकार किरणलाई शुभकामना दिनुभयो। कवि तथा कथाकार दिव्य गिरीले पाठकीय मन्तव्य व्यक्त गर्नुभएको थियोे । कवि विनोद खत्री र सुनिता अधिकारीलगायतले किरणको गजल प्रस्तुत गर्नुभएको थियोे । त्यसैगरी कवि निरा श्रेष्ठ महर्जनले जुमन किरणलाई समर्पित कवता वाचन गर्नुभएको थियो । महालक्ष्मी साहित्य समाज, ललितपुरका अध्यक्ष श्रीराम पौडेलले सभापतित्व गर्नुभएको उक्त कार्यक्रमलाई पुष्कर जङ्ग थापाले स्वागत गर्नुभएको र कलाकार सुशिल पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त विमोचन समारोहमा ललितपुर र काठमाडौंका करव ६० जना साहित्यकारहरूको उपस्थिति थियो ।
गजलकार किरणको यो पहिलो साहित्यिक कृति हो ।