खगेन्द्र लामिछानेको ‘फुर्के’ उपन्यास लोकार्पण

काठमाडौं । अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ शनिबार सार्वजनिक गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले सम्युक्त रुपमा पुस्तककोे लोकार्पण गरे ।

फुर्के नामक कुकुरको आत्मकथा नै पुस्तकको विषय रहेको छहो । ‘कुकुरको आँखाबाट समाज नियाल्ने र कुकुरको जीवनमा मान्छेको भूमिका बुझ्नका लागि पुस्तक उपयोगी हुनसक्छ’ समारोहमा लामिछानेले भने ।

कवि प्रतीकले लेखकले कुकुरमार्फत समकालिन मानिस, वर्ग र समाजको कथालाई प्रस्तुत गरेको बताए । ‘फुर्केलाई हामीलाई जनावरप्रति संवेदनशिल हुन सिकाउँछ’ उनले भने, ‘मानिसको कथा भएजस्तै प्राणीको पनि कहानी हुन्छ ।’

Comments are closed.