लाल गोपाल सुबेदीको राहुल– यशोधरा संवाद लोकार्पण

बोस्टन , अमेरिका ।
बुद्ध जयन्तीका अवसरमा बौद्धदर्शनलाई स्पर्श गरेर लेखिएको कृति अमेरिकाको बोस्टनमा शनिबार विमोचन गरियो । अमेरिका यात्रामा रहनुभएका वरिष्ठ कवि तथा संसकृतिविद तसलसी दिवसले बोस्टन पुगेकै दिन साहित्यकार लालगोपाल सुवेदीको गीति नाटक राहुल–यशोधरा संवाद बोस्टन स्थित पशुपति बुद्ध मन्दिरको वाचनालयमा विमोचन गर्नु भएकोहो ।
आवरण प्रकाशनले बजारमा ल्याएको राहुल– यशोधरा संवाद गीतिनाटक २०७९ सालको अन्त्यमा प्रकाशनमा आएको हो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (केन्द्र) को संयोजन तथा अनेसास बोस्टन च्याप्टरद्वारा आउोजित विमोचन समारोहकोसभापतित्व विजय शर्माले गर्नु भएको थियो। प्रमुख अतिथि वरिष्ठ कवि दिवसले भन्नुभयो –इतिहासबाट विषय लिएर त्यसमा वर्तमानको स्वर मुखरित जो कोहीले गर्न नसक्ने र लालगोपालजस्ता विशेष प्रतिभाशालीले मात्रै वर्तमानका समस्यालाई सरलभाषामा कलात्मकतासाथ प्रस्तुत गरेकाले यो कृतिलाई बौद्धिक र साधारण दुवैखाले पठकले मन पराउनेछन् भन्ने विश्वास आफूले लिएको बताउनुभयो । कवि हरिप्रसाद काफ्ले शैवले कृतिकारको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै विम्ब, प्रतीक, रस,ध्वनि, अलंकार, लालित्य, गीतिमयता, नाटकीय गुण सबै दृष्टिले कृति अब्बल रहेको धारणा व्यक्त गर्नुभयो ।


अनेसास केन्द्रका अध्यक्ष कवि गोवर्धन पूजाले कवि तुलसी दिवस र नाटककार लालगोपाल सुवेदीलाई अनेसास केन्द्रका तर्फबाट सम्मान गर्दै डायस्पोरिक जगतमा यसभन्दा अगाडि कसैले पनि गीतिनाटक कृति प्रकाशनमा ल्याएको जानकारी आफूलाई नभएकोकुरा उल्लेख गर्दै बहुप्रतिभाशाली सुवेदी अनेसास परिवारकै गहना हुन् भन्नेधारणा व्यक्त गर्नुभयो । अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले यो कृति अनेक प्रयोगहरूको क्रीडाभूमि भएकाले यसले नेपाली साहित्य जगतमा उच्च महत्व र सम्मान पाउनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नु भयो ।
नाटककार सुवेदीले तिनैवटा गीतिनाटकको रचना गर्भ प्रस्तुत गर्दै बाल अधिकार , मातृत्व , बालमनोविज्ञान , नारीमनोविज्ञान, पूर्वीय नारीवाद, युद्ध साहित्य, वातावरण संरक्षण, सामाजिक विसंगतिको यथार्थपरक अंकन तथा बौद्ध दर्शन लगायतका सबै विषयलाई यस कृतिमा समेट्ने प्रयास गरेको धारणा व्यक्त गर्नुभयो । समारोहमा मिलन गुरुङ, यम पौडेल, प्रकाश खड्का, प्रतीक रावल , ममता कर्माचार्य लगायतले सुवेदीको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नु भएको थियो ।

 

Comments are closed.