विराटनगरको प्या्सेफिक होटलमा भव्य समारोहबीच साहित्यकार लक्ष्मी उप्रेतीको लधुकथासंग्रह ‘संवेदनाको संसार’ लोकार्पण भयो। प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिमा ८०वटा लधुकथा रहेका छन्। उक्त प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष प्राज्ञ दधिराज सुदेवि कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने प्रमुख अथितिको भूमिका प्राज्ञ विवश पोखरेलले निभाउनु भएको थियो। कथासंग्रहबारे भूषण ढुंगेल र प्रतिमा निरौलाले बोल्नु भएको थियो भने लक्षमी पोखरेल, हरि कट्टेल, राधिका गुरागाँई, देवी पन्थी, राधिका भटराई, निर्मला कोइराला लगायतले कृति भित्रका एकएक वटा कथा वाचन गर्नु भएको थियो । कवि गोकुल अअिकारीले स्वागत मन्तव्य र कवि दिनेश सुवेदी दिङ्लाली कान्छाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
उक्त अवसरमा साहित्यिकार लक्ष्मी उप्रेतीका छोरा संजय उप्रेती र छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको कर्मशिल जीवनको सम्मान गर्दै ( १५०००००) पन्द्र लाख राशिको अक्षय कोष राखेको घोषणा गर्नु भएको थियो । आगामी वर्षदेखि यसको व्याजबाट कुनै एक क्षेत्रका उल्लेख एक व्यक्तिलाइ वर्षको उत्कृष्ट सम्मान स्वरुप एकलाख एकहजार राशिको ‘साहित्यिकार लक्ष्मी उप्रेती शिर्जनशिल पुरस्कार’ र साहित्यिक क्षेत्रका नवोदित प्रतिभालाई प्रोत्साहन स्वरूप रू ११,१०० हजार राशिको ‘साहित्यिकार लक्ष्मी उप्रेती नव प्रतिभा साहित्य पुरस्कार’ हरेक वर्ष प्रधान गरिने छ ! साहित्यकार लक्ष्मी उप्रेती सेवा प्रतिष्ठान समितिमा संरक्षक लक्ष्मी उप्रेती र संजय उप्रेती सल्लाहकार साहित्यकार, समाजसेवी, शिक्षासेवी प्राज्ञ दधिराज सुवेदी, साहित्यकार प्राज्ञ विवश पोखरेल, संगितकार बुलु मुकारूम , श्री कुमार पोखरेल, श्री दीपक ओली, पर्वतारोही लाक्पाफुटी सेर्पा, रहनु भएको छ भने अध्यक्ष सविना उप्रेती पोखरेल, उपाध्यक्ष सरिता उप्रेती ओली महासचिव मा दिनेश सुवेदी दिङ्लाली कान्छा, सचिव मिन कुमार श्रेष्ठ नवोदित, कोषाध्यक्ष पूजा पराजुली उप्रेती, र सदस्यहरूमा हरि बराल, कल्पना अधिकारी, कोमल पोखरेल, अश्लेषा उप्रेती रहेको ९ जनाको कार्यसमिति गठन भएको छ।