Trending Now

महेश आचार्यको बालकथा ’कालटोपे र स्यालटोपे’ सार्वजनिक

काठमाडौँ—गीतकार महेश आचार्यको पहिलो कृति ’कालटोपे र स्यालटोपे’ सार्वजनिक गरिएको छ । रुम टु रिडले प्रकाशन गरेको उक्त बालकथा ’गोनु झा र चोरहरु’ लोककथामा आधारित छ । चोरेरै गुजारा गर्ने दाजुभाइ कसरी सुध्रिए र समाजमा सम्मानसाथ बस्न पाए भन्ने रोचक कथा आचार्यले बुनेका हुन् । कथामा विवेक लामा ’कलाग्रज बी’ ले चित्रांकन गरेका छन्।
बाल साहित्यमा लामो समयदेखि कलम चलाउँदै आइरहेका आचार्य गीतकार संघ नेपालका सचिव हुन् । राष्ट्रिय दैनिकका कोपिला, अंकुर, जुनकिरी जस्ता परिशिष्टांकमा उनका दर्जनौं बालकथा प्रकाशन भइसकेका छन् । रेडियो नेपालले २०७४ सालमा आयोजना गरेको राष्ट्रव्यापी बालगीत सम्मेलनमा आचार्य उत्कृष्ट गीतकारसमेत घोषित भएका थिए ।

 

Comments are closed.