भूगोल साहित्य समाजको आयोजनामा पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक कार्यक्रमबीच मुकुन्द अर्यालको उपन्यास ‘जीबाको चौतारी’ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति संस्कृतिविद् डा.जगमान गुरुङ रहनुभएको उक्त कार्यक्रममा लोकार्पित कृतिका बारेमा कवि एवम् निबन्धकार मित्रलाल पंगेनीले समीक्षात्मक टिप्पणी गर्दै कृतिका बलिया र कमजोर पक्षबारे आफ्नो धारणा राख्नु भएको थियो । पूर्व सहायक मन्त्री दीनबन्धु अर्याल, ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङजाका अध्यक्ष देबेन्द्र लम्साल र राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले आ(आफ्ना सम्बोधन मार्फत कृतिकारलाई शुभकामना दिनुभएको थियो । कृतिकार मुकुन्द अर्यालले कृतिको रचनागर्भ बारे जानकारी गराउनु हुँदै कार्यक्रममा उपस्थित हुने र आफूलाई लेखनमा उत्प्रेरणा र सहयोगदिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव दामोदर रेग्मी, समाजका मानार्थ सदस्यहरू सुशील श्रेष्ठ र उद्धव खनाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा आगन्तुकको स्वागतमा समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार राजेश खनालले गर्नुभएको थियो ।
कविको रूपमा पहिचान बनाइसक्नुभएका अर्यालको यो चौथो कृति र उपन्यास पहिलो हो । यसअघि उहाँका दुई कवितासङ्गह र एक लघु उपन्यास प्रकाशित छन् ।।
Trending Now
- Turkey halts crude oil flows to export terminals on Mediterranean coast after quake
- LOVE IS A BIG TRAP, A poem by Ranjit K. Sahu
- Peru: Around 585 sea lions, 55,000 wild birds died due to H5N1 bird flu virus
- SAFF U20 Women’s C’ship: India lose 1-3 to Nepal
- EU allocates 4 million euros in grants for fertilisers, seeds & training to most vulnerable farmers in Sri Lanka
- Rishab Shetty Confirms Prequel Of ‘Kantara’ To Be Released In 2024
- ICC T-20 Women’s World Cup kick starts in South Africa from Feb 10
- Death toll in earthquakes in Turkiye and Syria crosses 8,700
- US Prez Joe Biden calls on Republicans to work with him to finish job of rebuilding economy & uniting the nation
- ADB and Cambodia Post Bank Sign $10 Million Loan to Improve Access to Finance for MSMEs in Cambodia
Comments are closed.