कविकुनामा “अब तिम्रो पालो“ सार्वजनिक

काठमाडौँ ।

कवि तथा आख्यानकार नारायण तिवारीद्वारा रचित ’अब तिम्रो पालो’ कवितासङ्ग्रह साझा प्रकाशनले प्रकाशित गरेको छ । कवितासङ्ग्रहको लोकार्पण न्युरोड कविकुनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा ) लगायतले गर्नुभएको थियो ।

यसैगरी स्रष्टाका लागि “न्युरोड कविकुना“ प्रसिद्ध छ । यसलाई अचेल “फुटपाथ एकेडेमी“को रूपमा चिनिन्छ । यहाँ प्रायः काठमाडौँ उपत्यकाका लेखक र साहित्यकारहरूको दिनहुँ जमघट भइरहन्छ ।

यसै सिलसिलामा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा कवि विमल निभा, आख्यानकार नयनराज पाण्डे, कवि तथा कथाकार अविनाश श्रेष्ठ, आख्यानकार नारायण ढकाल, कवि तथा आख्यानकार नारायण तिवारी, कवि तथा समालोचक पुरुषोत्तम सुवेदी, कवि श्यामल, कवि तथा समालोचक शार्दूल भट्टराई र आख्यानकार किशोर पहाडी लगायतको जमघट थियो ।
यसै अवसरमा नारायण तिवारीद्वारा रचित “अब तिम्रो पालो “कवितासङ्ग्रहको लोकार्पणसहित चर्चा भएको थियो ।