काठमाडौं, फागुन २९ गते । नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा अर्थविद रत्नसंसार श्रेष्ठ, जलश्रोतविद पूर्वमन्त्री दीपक ज्ञवाली, अर्थविद तथा प्रर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी , उर्जाविज्ञ तथा नेता लीलामणि पोख्रेल, ऊर्जा,जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत दर्जनौं ऊर्जा अभियन्ता तथा विशेषज्ञहरूको सहभागिता थियो । लोकार्पित पुस्तकका बारेमा अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक एवं युट्युबमा बहुचर्चित ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले बोल्नुभएको थियो । कृतिमा विविध विषयमा केन्द्रित ७३ वटा रचना समेटिएका छन् । २०७५ देखि २०७९ फागुनसम्म लेखिएका समसामयिक कविता तथा गीति रचनाहरू यस कृतिमा समेटिएको कुरा समीक्षक घिमिरेले बताउनुभयो । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १८औं राष्ट्रिय परिषद् बैठकको महत्वपूर्ण अवसर पारेर कृति लोकार्पणको मेसो मिलाइएको थियो । गुल्मी घर भई हाल भक्तपुरको लोहकन्थलीमा बसोबास गर्दै आउनुभएका पूर्व शिक्षक, समाजसेवी तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका वर्तमान अध्यक्षसमेत रहनुभएका स्रष्टा ज्ञवालीले समसामयिक राजनीति, विभिन्न सांस्कृतिक चाडपर्वको महत्व, विजुली उत्पादन तथा खपतमा जनसचेतता तथा सहभागिता, आफ्नो गाउँप्रेम, परिवारका सदस्यबीचको हार्दिकता तथा मायामोह, बुबाआमाप्रतिको सम्मान र श्रद्धा, स्वस्थ रहनका लागि आवश्यक व्यायाम तथा योग आदिजस्ता बहुसरोकारका विषयमा अधिकतर लोकलयमा आधारित विविध स्वादमूलक रचनाहरू ‘गथासो’मा समेटिएका छन् । अझ रोचक पक्ष त, उहाँले हालै सम्पन्न गरेको एकमहिने लन्डन भ्रमणका सन्दर्भमा रचना गरेका कविताहरू पनि यस सङ्ग्रहमा समाविष्ट छन् । एकहजार प्रति छापिएको कृतिकोे प्रकाशन स्वयं स्रष्टाले नै गर्नुभएको हो ।
Trending Now
- ICCR Nepal and Sushila Arts Academy jointly put together a week-long art exhibition “Bharat-Nepal Kala Sangam” inaugurated at the Taragaon Museum, Bouddha
- India has topped in tourist traffic to Nepal
- ADB, BML Sign $41 Million Financing Package to Support SMEs and Blue Economy Tourism in Maldives
- Financial Conditions in Emerging East Asia Clouded by Uncertainty over US Monetary Policy and Bank Turmoil
- Global Crises Further Threaten Progress on SDGs: ADB–UN Report
- Hungarian lawmakers voted on Monday to support Finland’s accession to NATO
- Israel PM Benjamin Netanyahu announces suspension of judicial reforms following nationwide protests
- Amitabh Bachchan Back To Work Despite ‘Inconvenience Of Damaged Body’
- Dalai Lama Names 8-Year-Old Mongolian Boy As New Buddhist Spiritual Leader
- New Zealand decimates Sri Lanka by 198 runs in Auckland 1st of 3-match ODI series
Comments are closed.