नारी स्रष्टा समाजद्वारा पुरस्कार प्रदान तथा पुस्तक विमोचन सम्पन्न

काठमाडौँ ।

नारी स्रष्टा लता गिरीको जन्मदिनका अवसरमा हरेक वर्ष मङ्सिर १ गते आयोजना गरिने नारी स्रष्टा दिवसको उपलक्षमा नारी स्रष्टा समाज नेपालको आयोजनामा संस्थाकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा प्रमुख अतिथि प्रा। डा। सावित्री कक्षपति, विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदन, विशिष्ट अतिथि प्रा।डा। गोविन्दमान सिंह कार्की रहनु भएको पुरस्कार वितरण, सम्मान तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरिएको छ ।

पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटनमा स्वस्तीगान सुचिता काफ्लेले वाचन गर्नुभएको थियो । बिन्दु अधिकारी ढकालले स्वागत मन्तव्य गर्नुभएको थियो । सभाध्यक्षका अगुवाइमा प्रमुख अतिथि, विशिष्ट अतिथिबाट गुनासो लघुकथासङ्ग्रह, श्वेताम्बरा कवितासङ्ग्रह, विविध विधाका कृति लोकार्पण गरिएको थियो ।

मोहनलता विशिष्ट स्रष्टा सम्मान २०८१ का पुरस्कृत स्रष्टा श्री राजेश खनालज्यूलाई, भीमलाल यसोदा स्रष्टा सम्मान २०८१ पुरस्कारका लागि पुरस्कृत स्रष्टा श्री त्रिभुवनचन्द्र वाग्लेज्यू लाई, कविराज कौशिला स्रष्टा सम्मान २०८१ तथा पुरस्कारका लागि पुरस्कृत स्रष्टा श्री रमेश सुवेदीज्यू लाई, वर्ष पुस्तक मिलन समिर र मिलन समीरहरू २०८० का स्रष्टा मिलन समीरज्यूलाई कोशी लघुकथा स्रष्टा सम्मान २०८१ तथा पुरस्कारका लागि पुरस्कृत स्रष्टा श्री रमेन्द्र कोइरालाज्यूलाई, राजेन्द्र हेमलता स्रष्टा सम्मान २०८१ तथा पुरस्कारका लागि पुरस्कृत स्रष्टा श्री पार्वती भट्टज्यु लाई, नारी स्रष्टा सम्मान २०८१ पुरस्कार र सम्मान स्रष्टा कमला पराजुली ज्यू लाई प्रदान गरियो ।

स्रष्टा सम्मान २०८१ बाट सम्मानित स्रष्टा सुमन थापा सङ्गम ज्यूलाई नीता श्रेष्ठ नित्यनूर ज्यूलाई, तारा के. सी. ज्यूलाई, मीरा काफले पोखरेल ज्यूलाई, सुनिता निरौला पौडेल ज्यूलाई, ऋषिका ढकाल ज्यूलाई प्रदान गरियो । यसैगरी मोहनलता स्रष्टा सम्मान २०८१ बाट सम्मानि स्रष्टा सम्मान श्याम स्मृत ज्यूलाई, पवनकुमार बुढाथोकी ज्यूलाई, शुक्रराज कुँवर ज्यूलाई, भानुप्रकाश जोशी ज्यूलाई, रोशन पराजुली ज्यूलाई, शम्भु अर्याल ज्यूलाई, नवराज पोखरेल नवशिला ज्यूलाई, अर्नव लम्साल ज्यूलाई सम्मान प्रदान गरियो ।

हरेक वर्ष प्रदान गर्दै आएका सरकारी विद्यालयलाई दिइने स्याङ्जाको विद्यालयलाई खेलकुद र शैक्षिक सामाग्रीसहित दुई लाखका पुस्तक पनि प्रदान गरियो । गजलकार कविराज पोखरेलको गजल रमेश सुवेदीको संगीतमा गाइएको थियो ।

पुरस्कृत स्रष्टाका तर्फबाट आफ्नो मन्तव्य राखिदिनहुन राजेश खनालज्यूले, पुरस्कृत स्रष्टा त्रिभुवन चन्द्र वाग्लेज्यूले आफ्नो संक्षिप्त्र् विचार राखिदिन हुन वर्ष पुस्तकका स्रष्टा मिलन समीरज्यूले, संस्थापकका तर्फबाट शुभकामना मन्तव्यका लागि विक्रम भक्त जोशीज्यूले, कृतिकार भानुप्रकाश जोशीले, विशिष्ट अतिथिको मन्तव्य नेपाल स्रष्टा समाजका अध्यक्ष श्री श्रीओम श्रेष्ठ रोदनले र प्रा. डा. गोविन्दमान सिंह कार्कीले प्रमुख अतिथिको मन्तव्यका प्रा. डा. सावित्री कक्षपतिज्यूले राख्नुभएको थियो ।

कार्यक्रममा मायाको चिनो प्रदानगरेपछि संस्थाका उत्कृष्ट पदाधिकारी रञ्जना पराजुली लम्साललाई सम्मान गरिएको थियो । आफ्नो मन्तव्यका साथमा संस्थापक कौशिला पोखरेल, विक्रम भक्त जोशी, विश्वनाथ लम्साल, रञ्जना पराजुली लम्साल, द्वारिका घोर्साने, राजेन्द्र कुँवरलाई धन्यवादसहित कार्यक्रम समापन नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलज्यूले गर्नुभएको थियो । कार्यक्रम सञ्चालक रञ्जना पराजुली लम्सालले गर्नुभएको थियो ।