‘नेपाली आधुनिक मूर्तिकारहरू’ लोकार्पण

काठमाडौँ, पुस ११ ।

‘नेपाली आधुनिक मूर्तिकारहरू’ पुस्तक लोकार्पण गरिएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागद्वारा प्रकाशित नेपाली प्रसिद्ध परम्परागत मूर्तिकारहरू, मूर्तिकला: आयामिक रूपान्तरण, मूर्तिकार सोधमूलक जीवनी र अन्तरवार्ता तथा विचार र प्रस्तुतिमा नेपाली आधुनिक मूर्तिकारहरू पुस्तक सोमबार सार्वजनिक गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तले चारवटा कृतिको विमोचन गर्नुभएको हो । उहाँले नेपालको ‘सफ्टपावर’ का रूपमा कला, संस्कृति र सम्पदा रहेकाले यस मार्फत नै विश्वमा नेपालले आफ्नो प्रभाव राख्न सक्ने बताउनुभयो ।

उहाँले नेपाली कलाको संरक्षणमा जोड जोडदिँदै सीता भवन र सो क्षेत्रलाई पूर्णत कला सङ्ग्रहालयमा परिणत गर्नुपर्ने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले आफ्नो कार्यकालमा सीमित बजेटले देशभर कार्यशाला र नेपाली मूर्तिकलाको दस्तावेजीकरणमा केही काम गरेको बताउनुभयो ।

कार्यक्रममा उपकुलपति गोपाल चित्रकार, पूर्व उपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीले नेपाली मूर्तिकलाको इतिहासको खोज र प्रकाशन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

Comments are closed.