Trending Now

पद्म श्रेष्ठको ‘योगदानी व्यक्तित्व’नामक पुस्तक प्रकाशन

काठमाडौँ
लेखक पद्म श्रेष्ठको योगदानी व्यक्तित्व नामक पुस्तक प्रकाशन भएको छ ।
साहित्य, भाषा, कला, संस्कृति, शिक्षा, समाजसेवालगायत विभिन्न कर्ममार्फत समाज परिवर्तनका लागि योगदान दिइरहनुभएका व्यक्तित्वहरूको अनुभव र अभियानलाई पुस्तकका रूपमा प्रकाशित गरिएको हो ।
लेखक श्रेष्ठले सङ्गीत, चित्रकला, सरसफाइ, कृषि, शिक्षा, धर्म, योग, घोस्ट राइटिङ र सामाजिक संस्थामार्फत महिला श्रमिकका लागि काम गरिरहेका व्यक्तित्वहरूले नेपाली समाजका लागि आफ्नो तर्फबाट सहयोग र प्रेरित गरेर पु(याएको योगदानलाई ‘योगदानी व्यक्तित्व’ समाजका कुशल अभियन्ता शीर्षकको पुस्तकमा समेटेर प्रकाशित गर्नुभएको हो ।
नेपालका जातजाति, संस्कृति, जात्रा, पर्वका सम्बन्धमा अध्ययन गर्न रुचाउनुहुने लेखक श्रेष्ठले यस पटक दैनिक जीवनमा विविध पेसा, व्यवसाय गरेरै अन्यका लागि रोजगारी सिर्जना गर्ने, विविध दृष्टिले सम्पदा संरक्षण र शिक्षाका लागि सहयोग गरिरहेका समाजमा लुकेर रहेका उदाहरणीय व्यक्तित्वसँग साक्षात्कार गरी व्यक्ति स्वयंलाई आफ्नै महत्त्व जानकारी दिने प्रयास गर्नुभएको छ भने त्यस्तै राम्रो कर्म गर्न अन्यलाई प्रेरित गर्नुभएको छ ।

 

Comments are closed.