मुक्तककार के. वी. पारखीको ‘मनको मन्दिर’ विमोचन

२०७९ मङ्सिर ७ गते काठमाडौं थाहा पुस्तकालयमा, नेपाल मुक्तक प्रतिष्ठानले लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मुक्तककार के. वी. पारखी (–जापान)को पहिलो मुक्तककृति ‘मनको मन्दिर’को लोकार्पण गरिएको हो । प्राज्ञ विवस पोख्रेल, वरिष्ठ मुक्तककार रामकाजी कोने,वरिष्ठ मुक्तककार सुनिल अधिकारी, वरिष्ठ साहित्यकार गोपाल पहाडी, वरिष्ठ कवि रमेश पौड्याल लगायतले संयुक्त विमोचन गर्नुभएको थियो । मुक्तककार के. वी. पारखी अन्तराष्ट्रिय नेपाली समाज भाषा साहित्य समितिका सदस्य एवम् जापान साहित्य समाजका संयोजक रहेका छन् ।

 

Comments are closed.