वीरेन्द्र पाठकको ‘लहरी-लहरी’ सार्वजनिक

२०८१ असार, काठमाडौँमाको अनामनगर स्थित किम्ची हलमा आयोजित एक कार्यक्रममा गीतकार वीरेन्द्र पाठकको गीतसङ्ग्रह ‘लहरी-लहरी’ को लोकार्पण गरिएको छ। प्रमुख अतिथि गीतकार दिनेश अधिकारी तथा विशेष अतिथिहरू गीतकार चूडामणि देवकोटा , मुक्तककार दिव्य गिरी, पुस्तकका सम्पादक विमल भौकाजी र गीतकार सुवासचन्द्र ढुङ्गेलले संयुक रुपमा पुस्तक लोकार्पण गरेका थिए।
साहित्यकार दिव्य गिरीद्वारा स्वागत गरिएको उक्त कार्यक्रममा लोकार्पित कृतिका बारे गीतकार सुवासचन्द्र ढुङ्गेलले टिप्पणी र समीक्षा गरेका थिए भने गीतकार चूडामणि देवकोटा, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, डा. सुरेन्द्र केसी र प्रमुख अतिथि अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।
पुस्तकका स्रष्टा गीतकार पाठकले यो सङ्ग्रह निस्कन सहयोग गर्ने सबैलाई धन्यवाद र आभार व्यक्त गरेका थिए ।
‘लहरी-लहरी’को सम्पादन विमल भौकाजीले गरेका हुन्। कार्यक्रममा उनले सम्पादन गर्दाका चुनौतीहरू प्रकाश पारेका थिए ।
पुस्तकभित्रबाट कवि सविता श्रेष्ठ बेहोसी र नीरा श्रेष्ठले एक-एक वटा गीत वाचन गरेका थिए ।भव्य लोकार्पण समारोहका सभापतित्व भुँडीपुराण प्रकाशनको तर्फबाट केशव पराजुलीले गरेका थिए ।