काठमाडौं _ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्कले एक कार्यक्रमबीच कवि सुदर्शन पोखरेलको कवितासंग्रह ‘विश्वासमाथि उभिएर’ सार्वजनिक गरेको छ ।
कोपनहेगनमा आयोजित कार्यक्रममा नेपाली राजदूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले कृति विमोचन गर्दै परदेशमा नेपाली भाषामा पुस्तक लेखिएर पठन संस्कृतिको अभ्यास हुनु सह्रानीय भएको बताइन् ।
सार्वजनिक कृतिमाथि पाठकीय टिप्पणी राख्दै कवि प्रकाश सापकोटाले संकलित कविताहरूमा गहनता, विचार, पौराणिक ज्ञान र विज्ञानसमेत रहेको बताए ।
कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका साहित्यकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले कृतिका विषयमा बोले । कवि पोखरेलले यो आफ्नो पहिलो कृति भएको बताउँदै केही कविता वाचन गरेका थिए ।