राज कुमार राईको ‘किवाहाङ’ सार्वजनिक

राज कुमार राईको ‘किवाहाङ’ सार्वजनिक

काठमाडौँ। असार २७ गते, काठमाडौँअनाम नगर स्थित सिलौटो रेस्टुरेण्टको सभा कक्षमा सखुवासभा जर्नालिस्ट एसोसिएशनको आयोजनामा राज कुमार राईको उपन्यास किवाहाङको लोकार्पण गरिएको छ । एसोसिएशनका अध्यक्ष शंकर खनालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा.सुरेन्द्र केसीले अन्य कैयौं कार्यक्रममा लावा लस्कर लाएर अगाडी अतिथि वोलाई खादा,फूल र रुद्राक्षको माला आदि कन्या र महिलाको हातवाट लाउनुपर्ने, यी सवै आज कुनैपनि नहुदा मलाई पृथक र प्रसंशा गर्न लायक लाग्यो भन्नुभयो । त्यस्तै किवाहाङको विषयमा मैले सात पन्ना समीक्षा सुनाउन ल्याएता पनि समग्रमा प्रथम र द्वितीय विश्वयुद्ध देखि हङकङ, वेलायत, व्रुनाई देखि राणाकालीन दरवार आदिको वारेमा लेखिएको यो पुस्तक रहस्यमय र पढ्न लायक भएको कुरा गर्नुभयो ।
अतिथिहरुमा वरिष्ठ साहित्यकार दिनेश अधिकारी, वरिष्ठ संगीतकार एवं लेखक वुलु मुकारुङ, साहित्यकारहरु माया ठकुरी, गीता रेग्मी आदि सवैलाई यथास्थानमा आसन ग्रहण गराईएको थियो । सो समारोहलाई एसोसिएशनका सचिव उद्धव भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन भावेश भुमरीले गर्नुभएको थियो ।
साव्लावुङ पुस्तकालय अभियानको अध्यक्ष एवं साव्लावुङ साहित्यिक पत्रिकाका सम्पादक पनि रहेका राजकुमार राईले पुस्तकालय अभियानमा सहयोग पुर्याउनुहुने विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा पत्र दिएर सम्मान गर्नु भएको थियो । राईले विगत ६ वर्ष देखि अहिले सम्म २१ वटा जिल्लाहरुको डोल्पा, मुगु, सोलुखुम्वु, भोजपुर, सखुवासभा आदि जस्ता दुर्गम र विकट गाँउहरुमा पुस्तकालयको लागि निशुल्क पुस्तकहरु वितरण गर्दै आउनुभएको छ । अहिलेसम्म करिव ४४ लाख भन्दा वढी मुल्य पर्ने पुस्तकहरु राईले वितरण गरेको र यो प्रक्रिया निरन्तर जारी भएको कुरा उल्लेख गर्नुभएको थियो । त्यस्तै वंहाले आफूले कुनैवेला सुन वेचेर पुस्तक संकलन गरेको पुराना दिनहरुको कथा सुनाउनुभएको थियो । उक्त कार्यक्रममा विभिन्न साहित्यकार, लेखक, वुद्धिजिवी र पत्रकारहरुको उपस्थित रहेको थियो ।