Trending Now

राजेशमान केसीको कृति ‘अन्तरदृष्टि’ लोकार्पण

गायक तथा प्रबन्ध लेखक राजेशमान केसीद्वारा लिखित प्रबन्धसंंग्रह अन्तरदृष्टि भक्तपुरमा सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सयात्राकार तथा कथाकार हरि थापाले सो कृति सार्वजनिक गर्नुभयो ।
कृति सार्वजनिकीपछि प्रमुख अतिथि थापाले समाजमा विसंगति बढेको र माटोप्रति माया कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्रष्टाहरुले त्यतातर्फ पनि कलम चलाउनुपर्ने बेला आएको छ भन्नुभयो ।
कथाकार ध्रुव मधिकर्मीले समाजका गतिविधिबारे बोल्दै स्रष्टाहरूका रचनालाई चर्चामा ल्याउने र पठन संस्कृतिका लागि प्रयास गरिरहेको बताउनुभयो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्राज्ञसभा सदस्य ईश्वर बुढाथोकीले अन्तरदृष्टिमा भएका रचनाले समाजलाई नैतिकताको पाठ पढाउने र समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको छ भन्नुभयो ।
कृतिका लेखक केसीले आफूले विविध विधाको माध्यमबाट समाजलाई केही दिने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा शब्दाङ्कुरका सम्पादक तथा साहित्यकार धीरकुमार श्रेष्ठ, गजलकार शैलेश श्रेष्ठ र सृष्टि केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु हरिगोविन्द भोमी, रविन्द्र आशीष शैली, त्रिविक्रम पाण्डे, पुरुषोतम लामिछाने, टंकबहादुर आले, विमला अधिकारी, सुरेन्द्रलाल भुजू , हिमलाल श्रेष्ठ, सुनीता निरौला, रोशन पराजुली, शान्ता तिम्सिना, राजेन्द्र चित्रकार, बसन्त नकर्मी, दीपक मास्के, शमशेर बहादुर न्हुच्छेप्रधान, धु्रवनारायण जोन्छे। लगायत विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो ।
सिर्जना अभियना समाजले प्रकाशित गरेको सो कृतिमा १५ वटा विविध विषयका प्रबन्ध संग्रहित छन् ।

 

Comments are closed.