काठमाडौँ, कवि तथा गीतकार रमेश क्षितिजको कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक गरिएको छ।
५३ वटा जीवनपरक दार्शनिक कविता संगृहीत उक्त संग्रह करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका हुन् ।कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घाम ५ खण्डमा विभाजित छ।
२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कवितासंग्रहबाट नेपाली कविता ढुकुटीलाई धनी बनाएका कवि क्षितिजको ‘आफैं आफ्नो साथी भएँ’ गीतसंग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।
कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घामको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ रहेको छ ।