रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

काठमाडौँ —सत्ता सङ्घर्ष: ३० वर्षमा २८ सरकारका नालीबेली’ भएको पत्रकार रामकृष्ण भण्डारीले लेखेको पुस्तक ‘ सार्वजनिक गरिएको छ ।

सांग्रिला बुक्सले बजारमा ल्याएको सो पुस्तकमा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले कसरी देश दिशाहीन मात्रै नभएर अस्थिरताको दलदलमा पर्यो भनेर चर्चा गरिएको छ ।

कान्तिपुर टेलिभिजनमा कार्यरत  पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्त्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतको रुपमा प्रयोग गरेको बताए । नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन-अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुने प्रशासक संस्थाले जनाएको छ ।

यो पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ । नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसूचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ ।