आध्यात्मिक साधक ,चिन्तक प्रा शिवगोपाल रिसालकृत् खण्डकाव्य ” तत्व चिन्तन” ललितपुरको जावलाखेल सत्सङ् मन्दिरमा सार्वजनिक गरिएको छ।२०४४ सालबाट निरन्तर पुस्तक लेखेका रिसालको यो ८७औं पुस्तकाकार कृति हो।
लोकार्पित पुस्तकबारे कैलाश रिजालले चर्चा सहित विशेषताबारे व्याख्या गरेका थिए ।
प्रमुख आकर्षण गायक सङ्गीतकार ,साधक चिरञ्जीवी सिग्देलबाट रिसालका विभिन्न ग्रन्थमालाबाट फरक फरक छन्दका कविताहरूलाई सङ्गीतसहित १ घण्टा श्रुति मधुर गलाबाट सस्वर गाएर सुनाएका थिए।