रीतादेवीको ’नदेखिने आँसुमा डुबुल्की’कवितासङ्ग्रह लोकार्पण

लेखक रीतादेवी प्रधान जोशी रुमाठको ’नदेखिने आँसुमा डुबुल्की’  कवितासङ्ग्रह सार्वजनिक भएको छ ।
बोष्टनमा भएको पाँचौ अन्तराष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलनको अवसरमाआयोजित विशेष समारोहमा अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजा, बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम् विश्वकर्मा, कृष्ण धरावासी, तीर्थराज अधिकारी, गीता खत्री, मोहन सिटौला, सर्वज्ञ वाग्ले र दीपकमान प्रधानले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजाले प्रस्तुत कृतिमा मनका शब्दहरू मस्तिष्कसम्म पुर्याउने सरल भावबोधका कविता छन् भन्नुभयो । मुक्तक लेखक तीर्थराज अधिकारीले रीतादेवीका कविताहरू समाजको रुपान्तरणको लागि सकारात्मक सन्देश दिन सफल रहेको बताउनुभयो ।
लेखक प्रधानले समाजमा नारीले गर्नुपरेको संघर्ष र समानताको चाहनाले आफूलाई कविता लेखाएको बताउनुभयो ।
कवयित्री शकुन ज्ञवालीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्रष्टाहरू कृष्ण धरावासी, गीता खत्री, पदम विश्वकर्माले कवयित्री प्रधानका कविताले सकारात्मक सन्देश प्रवाह गर्न सकोस् भनेर सफलताको शुभकामना दिनुभयो ।
समसामयिक विषयका ३१ वटा कविताहरू संकलित उक्त कवितासंग्रहलाई दिपकमान प्रधानको सहयोगमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले प्रकाशित गरेको हो ।

 

Comments are closed.