काठमाडौँ ।नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा लिखित “नेपाली उपन्यासमा आञ्चलिकता ः सिद्धान्त, परम्परा र प्रवृत्ति“ शोधपरक समालोचना कृति साझा प्रकाशनबाट प्रकाशित गरिएको छ ।
कृतिको लोकार्पण नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले गर्नुभएको थियोे।
भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल,प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य डा. कृष्णराज अधिकारी, राजन मुकारुङ ,बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली (अगिव) ,हंसावती कुर्मी र गजलकार वसन्तराज अज्ञात लगायतको सहभागिता रहेको थियो ।