डा. धनप्रसाद सुवेदीको “नेपाली उपन्यासमा आञ्चलिकता लोकार्पण

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा लिखित “नेपाली उपन्यासमा आञ्चलिकता: सिद्धान्त, परम्परा र प्रवृत्ति“ शोधपरक समालोचना कृति साझा प्रकाशनबाट प्रकाशित गरिएको छ ।

कृतिको लोकार्पण नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले गर्नुभएको थियो । भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल,  प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य डा. कृष्णराज अधिकारी, राजन मुकारुङ ,बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली (अगिव), हंसावती कुर्मी र गजलकार वसन्तराज अज्ञात लगायतको सहभागिता रहेको थियो ।