लोकप्रिय सुनुवारको सुनुवार भाषाको कवितासंग्रह लोकार्पण

काठमाडौँ — मातृभाषा अभियन्ता लोकप्रिय सुनुवारको ‘वाऽशरेःलु’ सुनुवार भाषाको कविता कृति सार्वजनिक भएको छ ।
श्रृजना स्मृति प्रतिष्ठानले आयोजना गरेको समारोहमा वाग्मती प्रदेश सांसद उर्मिला सुनुवार, भाषाशास्त्री लाल रापचा, पूर्वसांसद कृष्ण राई र लेखक स्वयंले सार्वजनिक गरेका हुन् । लोकार्पित संग्रहभित्र ४० शीर्षकका सुनुवार भाषाका कविता समावेश छन्। ओखलढुंगाको खिजीचण्डेश्वरीमा २००८ सालमा जन्मिएका सुनुवारको यसअघि चारवटा कृति प्रकाशित छन् । जसमा ‘कोइँच लोः लोःसी’ (सुनुवारी बोलीचाली), ‘कोइँच नेपाली, अंग्रेजी शब्दकोश’, ‘किरात कोइँच दुर्दापूँ’ र ‘किरात कोइँच सुनुवार मुल्केम मुक्दम’ पुस्तक छन् ।
पुस्तकबारे भाषाशास्त्री रापचा, सृजना सुनुवारलगायतले बोलेका थिए ।