Trending Now

थापाको मुक्तक सङ्ग्रह ‘भोगाइ‘लोकार्पण

काठमाडौँ ।

हातेमालो साहित्य सङ्गमद्वारा आयोजित ‘हामी र हाम्रो कृति’अन्तर्गत साहित्यकार शैलेन्द्रकुमार थापाको कृति ‘भोगाइ‘को विमोचन गरिएको छ ।
सुरेश वैद्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार सुनील अधिकारीको सहभागिता रहेको थियो । लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफ्नो जीवन भोगाइलाई कृतिको रूपमा प्रकाशनमा ल्याएको पुस्तकले समाजमा आममानिसलाई जीवनको विषयमा सही जानकारी दिने बताए ।

कार्यक्रममा विभिन्न संस्थाका प्रमुखलगायत मुक्तकका अनुरागीहले सोही पुस्तकबाट मुक्तक पनि वाचन गरेका थिए ।

Comments are closed.