उदय निरौलाको कवितासंग्रह ‘सुदुर गाउँबस्तीहरू’ सार्वजनिक

काठमाडौं, कवि उदय निरौलाको कवितासंग्रह सुदुर गाउँबस्तीहरू’ सार्वजनिक गरिएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो। कार्यक्रमको अध्यक्षता अग्रज पत्रकार, साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले गर्नुभएको थियो। प्रमुख अतिथि वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो। पुरुषोत्तम दाहाल, डा. विष्णुविभु घिमिरे लेखक समालोचक डा. ज्ञानु पाण्डे, ध्रुब मधिकर्मी तथा रमेश पौडेलले कवितासंग्रहको लोकार्पण गर्नु भएको थियो।
कृतिको सुन्दर समीक्षा प्रा.डा. ज्ञानु पाण्डे र प्रसिद्ध साहित्यकार ध्रुव मधिकर्मीले गर्नु भएको थियो भने स्वागत मन्तव्य रमेश पौडेलले र उद्घोषण हेमप्रभासले गर्नुभएको थियो।
यो कवितासंग्रह साहित्यकार रमेश पौडेलको प्रकाशन संस्था आवरणले प्रकाशन गरेको हो ।