खगेन्द्र संग्रौलाको साधना र सङ्घर्षका विषयमा लेखिएको लेखक उज्ज्वल प्रसाईंको ‘एक बागी’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन निङ्लेखु, उषा श्रेष्ठ, लेखक उज्ज्वल प्रसाईले संयुक्त रूपमा ‘एक बागी’ कृतिको लोकार्पण गरेका थिए ।
कार्यक्रमा बोल्दै पूर्वमन्त्री गगन थापाले यो एक बागी पुस्तक जीवनीपरक कृति भएको र यसमा खगेन्द्र सङ्ग्रौलाको नेपाली समाजलाई हेर्ने दृष्टिकोण र सङ्घर्षबारे चर्चा रहेको बताए । उनले भने– “कुनै समय खगेन्द्र सङ्ग्रौला वामपन्थी विचारधाराका व्यक्तित्व जस्तो लाग्थ्यो । उनबाट कांग्रेसीहरु टाढै रहनुपर्छ, मिसिनुहुँदैन भन्ने लाग्थ्यो । तर पछि त नेपाली समाज चिनाउने हाम्रा गुरु पो बने ।”उनले आफूहरुलाई प्रश्न गर्न सिकाउने काम उनले गरे र कतिपय प्रश्न आफैंलाई गर्न र कतिपय प्रश्न सङ्ग्रौलालाई पनि गर्न सकेको बताए ।
उपस्थित प्रमुख अतिथी र विशिष्ट अतिथिद्वारा कितावका बारेमा टिप्पणी गरिएको थियो ।