काठमाडौँको होटल हार्दिक बागबजारमा आयोजना गरिएको एक कार्यक्रममा लेखक विष्णु ढकालको पुुुस्तक ‘जौवा’ लोकार्पण गरिएको छ । प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका सञ्चालक पुुष्पराज पौडेल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, चलचित्रकर्मी तेज गिरी, मनोविद तथा लेखक डा.विजय ज्ञवाली, समाजशास्त्री प्राध्यापक विमला भट्टराई, लेखकका काका हरि ढकाल र ससुराबुुबा लक्ष्मण राज ज्ञवालीबाट संयुक्त रुपमा उपन्यास लोकार्पण गरिएको थियो ।
नेपाली साहित्यको क्षेत्रमा नविनतम कृति लिएर झुल्किनु भएका नयाँ लेखक विष्णु ढकाल विगत लामो समयदेखि ग्रामिण बैंकिंग क्षेत्रमा कार्यरत हुनुहुन्छ । उक्त पुुस्तक लोकार्पण समारोहमा स्वागत मन्तव्य राख्नु हुँदै कार्यक्रमका सभापति तथा शिखा बुक्सका सञ्चालक पुुष्पराजपौडेलले राम्रो औपन्यासिक कृति बजारमाआएकोले सबैलाई पढीदिन आग्रह गर्नुभयो । उक्त पुस्तकमाथि समिक्षा तथा शुुभकामना मन्तव्य राख्नुु हुँदै कलाकार तेज गिरीले काठमाडौँको लाजिम्पाटमा ५ तलाको घर बनाउनुभन्दा ठूलो खुुशी यो पुुस्तकले लेखकलाई दिएको छ । उहाँले भन्नुभयो “मनको सफलताभन्दा ठूलो अरु केही रहेनछ । त्यसैगरी मनोविद तथा लेखक डा.विजय ज्ञवालीले आफूले यस पुस्तकको पाण्डुलिपी नै अध्ययन गर्ने मौका पाएको, यस पुस्तकमा छोटा छोटा वाक्यहरू रहेकोले उक्त प्रयोगको आफूले आफ्ना पुस्तक लेखनमा अनुसरण गरेको बताउनुुभयो । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल छ, जौवा भनेको विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे हो । समिक्षाका क्रममा यो उपन्यास जौवा माथि आफूलाई खड्केका केही कुराहरू समेत राख्नुु हुँदै, डा. ज्ञवालीले त्यो कालखण्डका ठूला ठूला घटना नजोडिएको जस्तैः प्रजातन्त्र, गणतन्त्र, दशबर्षे जनयुद्ध आदि कुराहरू समेत समेटिएको भए हाम्रो छोरा नाती पुस्तालाई पनि त्यो कालखण्डबारे बोध हुने कुरा बताउनु भयो । जौवाभित्र विभिन्न कथाहरू छन् जुन एकसंग अर्को नजोडिएको देखिन्छ । त्यसैगरी समिक्षा तथा शुुभकामना मन्तव्य राख्नु हुँदै समाजशास्त्री प्राध्यापक विमला भट्टराईले पुस्तकभित्र समेटिएका विषयवस्तु लयबद्ध रुपमा रहेको, पुस्तकमा समाजप्रतिको बोध रहेको बताउनुुभयो । त्यसैगरी पत्रकार तथा समालोचक राजकुमार बानियाले पुस्तक समग्रतामा राम्रो रहेको बताउँदै यो उपन्यास आञ्चलिक उपन्यास भएको बताउनुु भयो । उहाँले यो उपन्यासको लेखनलाई बुद्धिसागरको कर्णाली ब्लुजसंग दाँज्न सकिने समेत बताउनु भयो । यो उपन्यास भाषिक हिसाबले पनि बलियो छ, जौवा अत्यन्त राम्रो र आञ्चलिकताको सघनता पनि रहेको समिक्षक बानियाको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले कृति सफलतासंगै लेखनको निरन्तरताको कामना गर्नुुभयो ।
शिखाबुक्सले प्रकाशनमा ल्याएको ‘जौवा’ उपन्यासको मूल्य रु.५२५ रहेको छ
Trending Now
- Russia stops sending information about missile tests to US
- Ruling coalition Agree on Power Sharing
- Myanmar’s Ousted State Counsellor Aung San Suu Kyi’s party NLD deregistered
- ICCR Nepal and Sushila Arts Academy jointly put together a week-long art exhibition “Bharat-Nepal Kala Sangam” inaugurated at the Taragaon Museum, Bouddha
- India has topped in tourist traffic to Nepal
- ADB, BML Sign $41 Million Financing Package to Support SMEs and Blue Economy Tourism in Maldives
- Financial Conditions in Emerging East Asia Clouded by Uncertainty over US Monetary Policy and Bank Turmoil
- Global Crises Further Threaten Progress on SDGs: ADB–UN Report
- Hungarian lawmakers voted on Monday to support Finland’s accession to NATO
- Israel PM Benjamin Netanyahu announces suspension of judicial reforms following nationwide protests
Comments are closed.