Trending Now

बी.पाण्डेको गीतसंग्रह ‘मेरा सय गीतहरू’ बजारमा

गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति बजारमा आएको छ । पाण्डेले यो पुस्तक गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो कृतिमार्फत समाजका विभिन्न क्षेत्रलाई गीतसङ्गीतसँग जोड्ने प्रयास गरेको पाण्डेले बताए ।
गीत लेखनको यात्रामा दुई दशकदेखि अनवरत सक्रीय पाण्डेका अरू धेरै चर्चित गीतहरू प्रकाशनमा आइसकेका छन् । चलचित्र ‘प्रसाद’को सुपर हिट गीत ‘वनकी चरी के भन्छे’ले त उनको गीत लेखनको उचाइलाई अझ धेरै माथि पुर्याएको थियो । शङ्का नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैँचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरि बन्छ, तिम्रो खुसी, कुरै बुझिनँदेखि पहिले दिल साट्ने कुरा भो लगायत उनका धेरै गीत प्रकाशित छन् ।

Comments are closed.