Trending Now

प्रा.डा. मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’पुस्तक प्रकाशित

प्रा.डा. मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’ पुस्तक प्रकाशित भएको छ । यो पुस्तक जेष्ठ नागरिकका बारेमा लेखिएको छ । रसियन कल्चर सेन्टर काठमाडौंमा अग्रज व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतमलगायत दश पाकामान्छेद्वारा लोकार्पण गरियो ।
पाका मान्छेहरूका बीच सम्पन्न उक्त कार्यक्रममा जेष्ठ नागरिकका विभिन्न पक्षको चित्रण गरिएको यस पुस्तकका बारेमा एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले जेष्ठ नागरिक ऐन र त्यसले संरक्षण गरेको पक्षको तुलनात्मक कुराको व्याख्या गरे । पाका मान्छेका कुराको पुस्तकका आन्तरिक पक्षको कुरा गर्दै फित्कौली डटकमका सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले कृतिमा जेष्ठ नागरिकका बारेमा लेखिएको यथार्थ विभिन्न पक्षको सबल चित्रण गरिएको कुरा व्यक्त गरे । यस पुस्तकले जेष्ठ नागरिकका बारेमा सबै पक्षको चित्रण गरेको र यसले वृद्ध मनोविज्ञान र बुढ्यौली साहित्यका विविध पक्ष जोडेकाले विशेष र महत्त्वपूर्ण पुस्तक बनेको विचार अभिव्यक्त गरे ।
डिआइजी भीम ढकालल जेष्ठ नागरिक आान्दोलनका अगुवा सिताराम ढकालको प्रसङ्ग उद्धृत गर्दैे जेष्ठ नागरिकका हक र हितका पिता सिताराम ढकालले योगदान र आजको अवस्थाका कुरामा गरिएका आन्दोलनको चर्चा गरे । बाआमाका सधैं राम्रो हेरविचार गर्नुपर्छ भन्ने विचार व्यक्त गर्दै नेपाल प्रहरीले बालबालिका, महिला तथा जेष्ठ नागरिकका लागि गरिरहेका विभिन्न कार्यको चर्चा गरे । आफ्ना हजुरबा र हजुरआमाको प्रेरणा र हेरविचारबाट कानुनको अध्ययन गरी अधिवक्ता बनेका प्रज्वलराज ज्ञवालीले हजुरआमाको जीवनवृत्त समेटेर नलिनी नामक पुस्तक लेखेको चर्चा गरे ।
अग्रजका बारेमा मीठासपूर्ण कविता वाचन गर्दै वरिष्ठ कवि रमेश खकुरेलले वृद्दावस्थाको चर्चा गरे । पुस्तकका लेखक प्रा।डा। मुकेशकुमार चालिसेले वृद्धमानिसका सवै पक्षका चित्रणका साथै आनीबानी र व्यवहारका कुरालाई पुस्तकमा समेटिएको कुरा उल्लेख गरे । यस पुस्तकलाई अध्ययन गरिसकेपछि धेरै कुरा थाहा पाइन्छ भन्दै किताबका कुरा पढेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
सामाजिक अभियन्ता तथा अनुसन्धता हरि गौतमले पाका मान्छेका कुराले वृद्धाका हक हित र नागरिक अधिकारको संरक्षणको आवाज उठाएको र अस्पताललगायत अन्य क्षेत्रमा जेष्ठ नागरिकको उपचार र संरक्षणमा काम गर्नुपर्ने कुरा बताए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले वृद्धावस्थाका समस्या र परिवारले गर्ने सहयोग र माया पाउन सरल बनिदिनु पर्ने प्रसङ्गको चर्चा गर्दै समाज र परिवारले वृद्धवृद्धाका लागि निर्वाह गर्नुपर्ने कर्तव्यको चर्चा गर्दै कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको सभापतित्व भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुलीले गरेका थिए । यस पुस्तकमार्फत बुढ्यौली साहित्यमा जोडिएकाले आगामी दिनमा यस्ता पुस्तक प्रकाशनको निरन्तरता गर्ने विचार व्यक्त गरे । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो एक सङ्ग्रहनीय पुस्तक हो ।

 

Comments are closed.