Trending Now

स्रष्टा द्वयको ‘चिदाकाश’ कवितासंग्रह लोकार्पण

विराटनगर, भारती पोखरेल र भावना उपाध्यायद्वारा लिखित संयुक्त कवितासंग्रह ‘चिदाकाश’ विराटनगरमा सार्वजनिक गरिउको छ ।
विराटनगरस्थित पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक कविराज न्यौपाने, साहित्यकार दधिराज सुवेदी, विवश पोखरेललगायतले ‘चिदाकाश’ कृति संयुक्तरूपमा सार्वजनिक गरे ।
सार्वजनिक कवितासंग्रहमाथि शङ्कर सुवेदी उत्सले समीक्षात्मक टिप्पणी गरे । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कवितासंग्रहमा ५७ वटा कविताहरू समावेश छ ।

 

Comments are closed.