कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक

काठमाडौं, साउन ।
साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच ‘अशान्त धड्कन’ को लाेकार्पण गरिएको हो ।
प्राडा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी आमालगायतले मुक्तकसङ्ग्रहकाे लाेकार्पण गरेका हुन् । दुई सय बढी मुक्तक समावेश गरिएकाे सङ्ग्रहमा विकृति, विसंगतिहरू, मायाप्रेमलगायतका भावयुक्त मुक्तक समेटिएका छन् ।
काफ्लेकाे यसअघि `भाव सरोवर´ कवितासङ्ग्रह प्रकाशित छ ।