पुस्तक समीक्षा: नारी पीडाको दस्ताबेज ‘मनकली’ उपन्यास

साहित्य आफैंमा कल्पना र जीवनका सजीव अनुभूतिहरूलाई आकर्षक शैलीमा कुँदिएको व्यापक भण्डार हो । समाजको दर्पण हो । यसलाई सजीवता दिन स्रष्टाहरू सौगात स्वरूप विविध विधामा आफ्ना निखारीएको मस्तिष्कलाई कलमको सहारा लिएर सिर्जनाहरूको जन्म दिन्छन्।् र यिनै विविध विधामध्ये पाठकहरूको अत्यधिक रूचिमा पर्न सफल नेपाली साहित्यको कान्छो तर लोकप्रिय आख्यानात्मक विधाको रूपमा उपन्यासलाई लिइन्छ ।

कौतूहल सृजना गर्दै विविध विम्ब, प्रतीक र द्वन्द्वको माध्यमबाट पाठकको कल्पनाभन्दा नजिक वा टाढा पु¥याएर कथानक अन्त्य गरी गहन सन्देश प्रदानका साथै युगीन छलफल गर्नु उपन्यासको विशेषता हो । गहन विषय र आफ्नै शैलीमा हुर्किएका उपन्यास पाठकको पहिलो रोजाइमा छन्।् । मनकलीु म एक दृष्टान्त ठान्दछु ।
विमला अधिकारी देवकोटाद्वारा लिखित ुमनकली सामाजिक विषयलाई समेटिएको एक यथार्थवादी उत्कृष्ट उपन्यास हो । जुन उपन्यासकार स्वयंको हातबाट कोसेली स्वरूप प्राप्त गरी पढ्ने सौभाग्य मिल्यो उपन्यासकारज्यूप्रति हार्दिक आभार ।
उपन्यासकी प्रमुख पात्रको रूपमा मनकली रहेकी छिन्।् । उनकै सेरोफेरोमा कथावस्तु दौडिएको छ । उनी मार्फत समाजका लाखौं शोषित, पीडित मनकलीहरूका सपना र भोगाइहरू प्रस्तुत गर्न उपन्यास सफल छ । उपन्यास जति पढ्यो उति कौतूहल सिर्जित हुने भएकाले विश्राम नलिई पढ्न पाए हुने जस्तो महसुस गरें ।

उपन्यासमा मनकली, रूपा आदिलाई सत् र मनकलीका श्रीमान् , परिवार र माइतीपक्षधरहरूलाई समेत असत् पात्रको रूपमा उभ्याइएको छ । सरल र सरस भाषाशैलीमा लेखिएको यस उपन्यासको कथावस्तु सामान्य देखिए तापनि समाजमा लुतोको रूपमा देखापर्ने गम्भीर विषय एवम् भोगाइहरूको व्यापक उठान भने अवश्य ठान्दछु ।
उपन्यासभित्र, मनकलीले आफूले रोजेकालाई गुमाउनु पर्ने र अरूले खोजेकालाई पति स्वीकार गर्न विवश छे । विवाहपछि नारीहरू आफ्ना इच्छा, चाहना र छनौटको वञ्चितीमा परी जीवनलाई निराशाजनक बाध्यतामा बिताउनु पर्ने साथै महिलाको समस्या नबुझ्ने भोग, विलासमा लिप्त लथालिङ्ग मनस्थितिको नरपिचासका रूपमा रहेका उनका श्रीमान् घनश्यामबाट मनकली पटकपटक बलात्कृत हुनुपर्ने कारूणिक पक्षको उद्घाटन गरिएको छ ।


सुरुमा दाइजो नचाहेको तर पछि त्यही दाइजोको कारण जीवनभर मन कुँडियाउनु पर्ने मनकलीको अवस्था छ । मनकलीलाई बुहारी हैन वंश चलाउने, छोरा जन्माउने एउटी मेसिनजस्ती आइमाई मात्र ठानिनुले नारी मनको धज्जी उडाइएको छ । मनकली आफ्नै श्रीमान् सासू र नन्द तथा परिवारबाट घरेलु हिंसाको चरमरूप भोग्ने नारी उपन्यासको स्थायी चरित्रको रूपमा स्थापित गरिएको छ । गरिबीले विदेशिनुपर्ने र विदेशमा अनेक चोट सहेर रूँदै स्वदेश फर्किनुपर्ने नेपालीहरूको अवस्थालाई व्यक्त गरिएको छ । चन्द्रा दिदीसँगको मनकलीको भावनात्मक सम्बन्धले रगतभन्दा पनि मनको साइनो बेजोड हुन्छ भन्ने कुराको याद दिलाएको छ । यस्तै महत्त्वपूर्ण र गम्भीर संवाद एवम् विषयलाई समेटिएको ‘मनकली’ उपन्यास समाजका समस्याहरू उदाङ्गो पार्दै बोक्रे भलाद्मीका रूपमा दर्ज भएको हाम्रो समाजलाई सचेत तुल्याउने एक सशक्त आख्यान हो ।

पहिलो प्रयासमा नै सशक्त एवम् निखारिएको कथावस्तु, व्यापक घटना (परिघटना, उच्च कल्पनाशक्ति, सरल र सरस भाषाशैली आदिले उपन्यास उत्कृष्ट बनेको पाएँ । ‘मनकली’ उपन्यासकी सर्जक विमला अधिकारी देवकोटाज्यूको साहित्य यात्रा सफलताको असीम शुभकामना ।

लोकेन्द्र दुधराज,

इलाम