Trending Now

कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ लोकार्पण

काठमाडौँ , गजलकार कमल सङ्घर्षको गजलसंग्रह खुडीको  लोकार्पण भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच खुडी विमोचन गरिएक हो । विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल अध्येता डा. दीपक कुमार खड्काले खुडीमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा सङ्घर्षको गजल वाचनसमेत् भएको थियो ।

नेपाली गजल साहित्यका चर्चित श्रष्टा सङ्घर्षको खुडी दोस्रो गजलकृति हो । पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत २०७० (संयुक्त गजलसंग्रह), सडक २०७३ (एकल) गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । सडक सर्वाधिक बिक्रि भएको गजलसङ्ग्रह हो । प्रथमपटक रचनावाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको छ ।

खुडी अछामसहित सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँहरूमा प्रचलित शब्द हो । जसको अर्थ पिँजडा भन्ने हुन्छ ।

प्रकाशक शिखा बुक्सका प्रमुख पुस्पराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पूर्ण रावलले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन समालोचक भरत रोदनले गर्नु भएको थियो ।

Comments are closed.