लव गाउँलेको …एन अनवान्टेड साउण्ड’लोकार्पण

 

काठमाडौँ२३, बैशाख ०७९, कवि लव गाउँलेको अङ्ग्रेजी गैरआख्यान ‘एन अनवान्टेड साउण्ड’को विमोचन भएको छ । हार्दिक होटल बागबजारमा सम्पन्न उक्त समारोहमा  वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको सभापति र अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा प्रमुख अतिथ्य रहेको थियो । उक्त कार्यक्रममा पूर्व मुख्यसचिव तथा कवि विमल कोइराला, गीतकार केशव भट्टराई, पुस्तक समीक्षक पूर्व सचिव गोपीनाथ मैनाली, विधान आचार्य, गोविन्द गिरी प्रेरणा, युयुत्सु आर=डी=शर्मा, महेश प्रसाईं, विमल भौकाजी, शान्ति शर्मा, निशा के=सी, मीना चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजन समूहका कमला रानी गुरूङले सेवागत मन्तव्य राखेका थिए ।