Trending Now

डा.अर्जुनदेव भट्टको दुई कृति लोकार्पण

काठमाडौंः २०७९ माघ ८ गते आइतवार वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टद्वारा लिखित दुईवटा पुस्तक सार्वजनिक गरिएको छ।

काठमाडौंको धुम्बराहीस्थित होटल आकामा मा आइताबार दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषद्धारा आयोजित कार्यक्रममा भट्टका मानव स्वास्थ्य सम्बन्धी ‘डाक्टरको द्विविधा’ र मूत्र र ‘जननेन्द्रियप्रणाली रोग,निदान तथा उपचार’ लोकार्पण गरिएको छ । यी दुई पुस्तकहरूलाई युरोलोजिष्ट डा.उत्तम शर्मा,साहित्यकारहरु कलानिधी दाहाल,डा.दामोदर पुडासैनी, हरिभक्त सिक्देल (महेश) र उक्त पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

डाक्टरको द्विविधा पुस्तकमाथिका बारेमा चर्चा गर्दै साहित्यकार कलानिधी दाहालले यस पुस्तकमा नेपाली समाजमा स्वास्थ्यप्रतिको बुझाइलाई समेटिएको बताए ।

यस्तै, डा.दामोदर पुडासैनीले भट्टद्वारा लिखित ‘जननेन्द्रियप्रणाली रोग,निदान तथा उपचार’ माथि चर्चा गरेका छन् । हरेक बिरामीलाई डा. उपलब्ध कठिन रहेको भन्दै त्यसकिसिमको समस्याको समाधानका लागि डा.भट्टको यो पुस्तक उपयुक्त भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै युरोलोजिष्ट डा.उत्तम शर्माले डा.भट्टको यी पुस्तक हरेक नेपालीलाई स्वास्थ्यको गाइडका रुपमा रहेको बताए । एकदमै सरल सबैले बुझ्न सक्ने भाषामा स्वास्थ्य सम्बन्धी विषयलाई समेटिएको यो पुस्तक आमजनताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक डा भट्टले आफ्नो ५० वर्षे स्वास्थ्य अनुभवलाई पुस्तकमा समेटेको भन्दै यो हरेक मानिसहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि देशको व्यवस्था नै परिवर्तन हुनुपर्ने बताए ।

Comments are closed.