डा.दामोदर पुडासैनी ‘किशोरको नियात्रा सङ्ग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्र्कीको आत्मपरक निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’ बजारमा आएको छ ।
साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’को नियात्रा सङ्ग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्र्कीको आत्मपरक निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’ लोकार्पण गरेको हो । श्रीबाबु कार्र्कीकृत आत्मपरक निबन्धसङ्ग्र ‘सन्दिग्ध शताब्दी’माथि समालोचक तथा कवि प्रमोद प्रधानले नेपाली आत्मपरक निबन्ध लेख्ने निबन्धकारहरू निक्कै कम रहेको उल्लेख गर्दै श्रीबाबुको निबन्ध जीवन र जगतलाई नजीकबाट हेर्न सकिने शक्तिशाली सङ्ग्रह रहेको बताए ।
निबन्धका हरेक हरफहरूमा कलात्मक भाषा शैली, पठनमा लयात्मकता, सघन सूक्तिमयता र जीवन दर्शनको गहिराईमा पुगेको अनुभूति पाठले गर्न सक्नेछन् । सङ्ग्रहका हरेक निबन्धहरू कालजयि र निबन्धका पाठकहरूलाई विशिष्ट अनि बौद्धिक आस्वाद गराउनेमा आफू ढुक्क रहेको समेत दाबी गरे ।
कार्यक्रममा डा. दामोदर पुडासैनीको ‘डोल्पो ओ डोल्पो’मा समालोचकीय मन्तव्य राख्दै प्रा.डा. रमेश भट्टराईले दामोदर पुडासैनीको लेखन निक्कै स्तरीय र कलात्मक रहेको बताए ।
साझा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा ललितपुर महानगर पालिकाका मेयर श्री चिरिबाबु महर्जन कार्यव्यस्तताका कारण अनुपस्थित रहेपछि विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले ‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोशका लागि कोशकार प्राध्यापक नीलमणि ढुंगानालाई २०७८ सालको साझा पुरस्कार ५१ हजार राशि र प्रमाणपत्रकासाथ दुबै पुस्तकहरू लोकार्पण गरेको थिए । कार्यक्रम साझा प्रकाशका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री विजय सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो।